शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १२५ जना संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप १ सय २५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४४ र पुरुषको संख्या ८१ रहेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ६८१  जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय २५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।