शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शंकर ज्योती आविको भवन निर्माण कार्यले गति लिएपछि अभिभावक खुसी

गणेश बेल्बासे संगम, रातो प्रेस डटकम ।

अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नम्बर ९ मा सामाजिक क्षेत्रमा अब्बल व्यक्तित्व भिम बहादुर केसीको नेतृत्वमा निर्वाचित भएर आएका जनप्रतिनिधीको पहलमा वडाका धेरै विद्यालयले मुहार फेर्न पाएका छन । जिल्ला आयोजना कार्यान्वयन इकाइ अर्घाखाँची मार्फत साेही वडामा पुननिर्माणबाट नयाँ भवनहरू बन्ने क्रम जारी छ ।

त्यस्तै साेही वडाकाे लाैरी स्थित शंकर ज्योती आधारभूत विद्यालयकाे चार काेठे RCC भवन निर्माण कार्यले गति लिएपछि त्यस विद्यालयका अभिभावक तथा विद्यार्थीहरूमा खुसीयाली छाएको छ ।

अघिल्लो वर्ष करिब १५ लाख बराबरको सुविधा सम्पन्न शौचालय निर्माण सम्पन्न भएसंगै यस वर्ष करिब ७१ लाखको लागतमा चार कोठे भवनको निर्माण कार्यले तिब्रता पाएपछि उनीहरूमा खुसी छाएको हो । विद्यालय व्यवस्थापन समितिकाे नेतृत्वमा निर्माण कार्य अगाडी बढेकाे छ । पहिलाे तलाकाे ढलाइकाे काम सम्पन्

सुविधा सम्पन्न भवनको अभावमा ठूलो कष्ट सहेर पठनपाठन सञ्चालन गरी रहेकोमा नयाँ भवन बन्ने भएपछि दुःख भुलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओकिल रानाले बताउनु भयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका सब इन्जिनियर ऋषीकेश पोख्रेलका अनुसार असार मसान्ता सम्ममा सम्पन्न हुने भवनलाई प्राविधिक स्टीमेट अनुसार गुणस्तरीय र राम्रो बनाउन नियमित अनुगमन कार्यलाई अगाडी बढाएको बताउनु भयो ।

निर्माण पछि जिल्ला आयोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीले विद्यालय भवन समुदायलाई हस्तान्तरण गर्नेछ । शिशु देखि कक्षा आठ सम्म पढाइ हुने यस विद्यालयमा २ सय बढी बालबालिका अध्ययनरत छन् । सुविधायुक्त विद्यालय भवन पाए पछि विद्यार्थी तथा अभिभावक हर्षित रहेको प्रधानाध्यापक टंक बहादुर परियारले बताउनु भयो ।