मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

भारतबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

काठमाडौँ। भारतबाट कोभिड–१९ विरुद्धको १० लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानले सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज कोरोना खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको हो ।

 

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग गरेको सम्झौताबमोजिम पहिलो चरणअन्तर्गत १० लाख खोप ल्याइएको हो । सेरम इन्स्टिच्युटसँगको सम्झौतामा भारतबाट २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिएको थियो ।

अब दोस्रो चरणको कोरोना खेप पनि फागुन २३ गते अगावै ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आइपुगेको १० लाख कोरोना खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ‘कोल्डरुम’ मा लगिने भनिएको छ ।

फागुन २३ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा पहिलो चरणमा ल्याइएका खोपहरु प्रदेशका विभिन्न खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ ।