मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिवराज नगर खेल महोत्सव समापन ३९ खेलमा ११२५ खेलाडी सहभागी

केशव बेल्बाबासे, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा माघ २२ गतेदेखि सुरु भएको नगर खेल महोत्सव आज समापन भएको छ ।

खेल महोत्सवमा ३९ प्रकारका खेलामा ११२५ जना खेलाडी सहभागि भएका छन् । राष्ट्रपति रनिङ शिल्ड अन्त्र्गत १२ वटा खेलमा राष्ट्रमावि चन्द्रौटाले जित हासिल गदै सिल्ड हात पारेको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३४ र मेयर उपमेयर कप तर्फ ५ प्रकारका खेलाहरु भएका थिए । खेलमा शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वधार,स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको हो ।

खेलको समापन सत्रमा बोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम राख्न र शारीरीक रुपमा स्वस्थ जिवन व्यतित गर्न सक्ने भएकोले शिवराज नगरपालिकाले खेललाई प्राथमिकता दिएको बताउनुभयो । विगतका वर्षहरु पनि खेल आयोजना भएको बताउँदै आगामि दिनमा थप व्यावस्थित सहित खेल महोत्सव सञ्चालन हुने बताउनुभयो । आगामि दिनमा वडा वडामा खेलकुद प्रतिस्प्रधा गराउने र अब्बल खेलाडि उत्पादन गर्ने र अन्तरपालिका हुदै राष्ट्रिय स्तरमा पुर्याउने उदेश्य रहेको बताउनुभयो । खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यसनि वाट हटाउन सहयोग पुग्ने, स्वस्थ र निरोगि बन्न खेलको निकै महत्व हुने बताउनु भयो ।

खेल महोत्सवमा राष्ट्रपति रनिङ शिल्ड अन्त्र्गत ३९ खेल मध्ये १२ वटा खेलमा राष्ट्रमावि चन्द्रौटा, ७ वटा खेलामा समयथान मावि खरेन्द्रपुर,६ वटा खेलमा नेपाल आर्दश शिवपुर, ५ वटा खेलमा प्रकाश मावि सुन्दरीडाडा र १ वटा खेलमा सरस्वती मावि बानियाभार र एउटा खेलमा सनराइज वोडिङ स्कुलले जित हासिल गरेका छन् । खेल महोत्सवमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा नगरपालिका कर्मचारी ए र बि, नगरका पत्रकार, शिक्षक र जनप्रतिनिधी विच भएको मैत्रीपूर्ण खेलमा शिक्षकको टिम विजयि भएको छ । यस्तै मैत्रिपूर्ण खेल महिला तर्फ नगरपालिका जनप्रतिनिधी कर्मचारी र शिक्षिका बिच भएको खेलमा शिक्षिका टिम विजयी भएको थियो ।