बुधबार, चैत्र २५, २०७७

शितगंगामा मंगलबार बजार बन्द गर्ने र शनिबार हाट बजार लगाउने निर्णय

विक्रम आचार्य, रातो प्रेस डटकम ।
अत्यावश्यक बाहेक शितगंगा क्षेत्रका अन्य पसलहरु मंगलबार बन्द गर्ने निर्णय भएको छ । शितगंगा उद्योग वाणिज्य संघको शुक्रबार बसेको बैठकले मंगलबार बन्द गर्ने निर्णय गरेको हो ।

यस अघि बजार शनिवार बन्द हुने निर्णय भएको थियो भने अब मंगलबार बन्द गर्ने र अन्य दिन खोल्ने निर्णय गरिएको संघले जनाएको छ । सोही बैठकले शनिवारका दिन हाट बजार लगाउने निर्णय समेत गरेको छ ।

सोही अवसरमा उद्योग वाणिज्य संघको सदस्यमा मनोनित सदस्यहरु लाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बैठकबाट सल्लाहकार सदस्य समेत गठन गरेको छ ।

फागुन ८ गते शनिबार कर कार्यालयबाट संचालन गरिने अभिभुखिकरण कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण व्यवसायीहरू लाई अनुरोध समेत गरेको छ ।