शनिबार, अशोज ६, २०८०

Ratopress

Advertisment

SKIP THIS

प्रचण्डलाई विद्यार्थी नेता भुसालको प्रश्न : बन्द हडताल केका लागि ?

कमरेड प्रचण्ड, क्रान्तिकारी लाल सलाम अभिवादन !✊

कमरेड माघ २२ अर्थात आज बन्द किन ? हो तपाईमा सबै कुराको सक्षमता छ होला, म मान्छु । तपाईं परिवर्तनको लागि लढ्ने एउटा योद्धा पनि हो तर २०६६ सालमा माधव कुमार नेपाललाइ बिषको रुख अर्थात बीस वृक्ष भनी ६ दिनको आम हडताल गराएर लाखौ नागरिकलाइ दुख दिनु भयो । अहिले तिनै बिष वृक्षसंग मिलेर सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपि शर्मा ओलि विरुद्ध आम हडताल गराएर लाखौ आम गरिब नागरिकलाई दुख् दिन खोज्नु भएको छ, आखिर किन कमरेड ?

कम्युनिस्टहरु त आफ्नो खुसी संतुष्ट त्यागेर गरिब र सर्बहारालाइ खुसी दिन चाह्न्छन तर तपाईं ले उल्टै गरिबका खुसी हरु लुट्नु भएको छ । तपाईलाइ कमरेड भन्न पनि लाज लाग्छ मलाइ । गरिखाने गरिब मजदुर सर्बहारा बर्गको हक हित अधिकार र उत्थानको निम्ति क्रान्ति गर्नु भयो, त्यो क्रान्ति ले देशमा परिवर्तन पनि ल्यायो हामी मान्छौ तर तपाइँ ले पटक पटक गरिब जनतालाइ दिएका दुख हरु सम्झदा तपाईं माथी प्रश्न गर्न मन लाग्छ, के तपाईं कम्युनिस्ट हो र ?

तपाईं का एजेन्डा बिहिन नेपाल बन्दले गरिब , निमुखा , मजदुर र सर्बहारा बर्गको घाउ मा नुन चुक छर्किने काम नगर्नुस कमरेड प्रचण्ड । मजदुर हरुका काम खोसेर के तपाईं खुसी हुन सक्नु हुन्छ कमरेड ? आज एका बिहानै एकजना युवाको गरिखाने पेसा अर्थात उस्को सम्पत्ति ट्याक्सी जलाएर आफ्नो खुसी को सुरुवात गर्नु भएछ , बधाइ छ कमरेड तपाइँलाई । एक दिनको एजेन्डा बिहिन बन्दले के नेपाल सम्म्पनशाली हुने हो वा यहाका मजदुर हरु सबै धनी बन्ने हुन, या अरु कुनै ? सत्ताको भागबन्डा नमिल्दा गरिब जनतालाइ कहिले सम्म दुख दिनुहुन्छ , म भन्छु आम हडताल र बन्दलाइ बिरोधको औजार ठान्ने कम्युनिस्ट मुर्दाबाद !

गरिब सर्बाहारा को पक्षमा भन्दै आफ्ना राजनीतिक स्वार्थको लागि सर्बाहारा बर्गको गाँस नखोस्नुस कमरेड । तपाईं ले बन्द किन गर्दै हुनुहुन्छ ? तपाईं आफू प्रधानमन्त्री बन्न ? माधव कुमार नेपाल लाई पार्टी अध्यक्ष बनाउन ? झलनाथ खनाललाइ रास्ट्रपति बनाउन ? यो हामी सबैलाइ थाह भएकै कुरा हो ।

हजारौं पढ्ने लेख्ने कलिला बालबालिका को शिक्षा सिकाइ मा प्रभाब पार्ने , एक छाक टार्न धौ धौ भइरहेका मजदुरहरुको काम खोस्ने , बैक बाट चर्को ब्याज मा ऋण लिएर आफ्नो गरिखाने भाडो सम्जि किनेका सवारी हरु जलाइदिने , छटपटाइरहेको बिरामी लिन हिडेको एम्बुलेन्स तोडफोड गर्ने जस्ता कामहरु गर्दा के कमरेड प्रचण्ड लाई सन्तोष मिल्छ ?

तपाइका पैसामा बिक्ने कार्यकर्ता ले सोच्दैनन होला घरमा आमाबुबाले बेलुका खानाको जोहो कसरी गर्छन, घरमा बिरामी बहिनी छ । यो कुरा नसोची एम्बुलेन्स तोड्फोड गर्ने, सवारी जलाउने र जंगली पारा देखाउने त्यस्ता कार्यकर्ता हरु पछि पछुताउने छन । कमरेड प्रचण्ड, तपाईलाई पोल्ने छ ति जलाइएका सवारिको आगो को तापले, पोल्ने छ तपाइलाइ गरिब, निमुखा, सर्बाहारा र मजदुरका आशुले । सराप्नेछ तपाईलाई कम्युनिस्ट शब्दले सराप्ने छिन तपाइलाइ नेपाल आमाले ।

विकास भुसाल