बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अदालतले फैसला ढिलो गरे निर्वाचन सर्न सक्छ : गृहमन्त्री थापा

कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारद्वारा प्रतिवन्धित विप्लव समूह पनि राजनीतिक मुलप्रवाहमा आउने बताएका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपा कालिकोटले आयोजना गरेको आमसभामा सहभागी हुन कालिकोट आएका गृहमन्त्री बादलले प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले विप्लव समूहलाई राजनीतिक तथा प्रशासनिक रुपमा नियन्त्रण गर्न सरकारको नीति यथावथ नै रहेको बताउँदै छिट्टै विप्लव समूह पनि राजनीतिक मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।

जसका लागि सरकारले ठोस कदम चालिसकेको उनले बताए । विगत जनयुद्धमा घाइते भएका, घरबास गुमाएका तथा पूर्व लडाकुलाई विभिन्न तवरले राहत प्याकेज ल्याउन सरकारले पहल थालेको उनले बताए ।

गृहमन्त्री थापाले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए । उनले निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षानिकाय तयारीमा जुट्ने बताए ।

गृहमन्त्रीबादलले भने,’ निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ । अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको बताए । उनले अदालतमा अहिले भइरहेको बहसले फैसला ढिलो हुने सम्भावना पनि रहेको बताउँदै निर्वाचनको दिशामा मुलुक होमिसकेको बताए । याे खबर अाजकाे अन्नपुर्ण पाेष्टमा प्रकाशित छ ।

http://annapurnapost.com/news/adaaltle-phaislaa-ddhilo-gre-nirvaacn-miti-srn-skch-grhmntrii-thaapaa-174007