शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

देश विकासमा कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

ओमप्रकाश गुप्ता, भालुवाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा कसैले रोक्न नसक्ने बताएका छन् । सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने  नेपालकै दोस्रो लामो पक्की पुलको उदघाटन गर्दै सो कुरा बताएका हुन् । उनले देशको चौतर्फी विकासमा आफुहरु अगाडी बढ्ने बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै त्यस प्रक्रियालाई सुरक्षित ढंगले सफलता पुर्वक अगाडी बढाउने तथा देशमा सुशासन र विकास ल्याउने बताएका छन् । पुलको चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिलन्यास गरेका थिए ।

जति बेला तत्कालिन एमालले प्रचण्ड दाङ आउन थालेको थाहा पाएपछि बन्दको घोषणा गरेको थियो । २०७३ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुल नेपालकै दोस्रो लामो पुल हो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब लागतमा निर्माण भएको हो ।

लम्बाई ८६० मिटर छ, भने चौडाइ साढे १० मिटर रहेको उक्त पुल निर्माणको काम चार बर्ष भित्र सक्ने सम्झौता अनुसार काम पूरा भएको हो । एएनके लुम्बिनी वाइपी जेभीले उक्त पुल निर्माणको काम गरेको हो । कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियाको गेरुवाको पुल हो ।