बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

पत्रकार महासंघ अर्घाखाँचीद्वारा पत्रकार केसीको स्वास्थ्य लाभको कामना, उपचारमा सहयाेगका लागि अपिल

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घााखाँचीले एक विज्ञप्ती जारी गर्दै निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंमा उपचार गराइरहेका पत्रकार नविन केसीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंको हेम्स अस्पतालमा उपचार गराइरहेका पत्रकार नविन केसीलाई सहयाेग गर्न नेपाल पत्रकार महासंघ अर्घाखाँचीले अपिल समेत गरेको हो ।

निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भएका के.सीको लुम्बिनी प्रादेशिक अस्पतालमा कुनै सुधार नभएपछि गत शुक्रबार काठमाडौंको हेम्स अस्पतालमा लगिएको थियो । के.सीलाई भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको छ । तर पत्रकार महासंघका अनुसार उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले के.सीको सिघ्र स्वास्थ्य लाभकाे कामना सहित, थप उपचारकाे लागि सहयाेग प्रदान गर्नु हुन सबैमा अनुराेध गरेको छ ।

पत्रकार नविन के.सी रेडियो मालारानीका स्टेशन म्यानेजर हुन् । जिल्लामा के.सीले पत्रकारिताको क्षेत्रमा ठुलो योगदान गरेका छन् ।