बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

जनयुद्धका पूर्व लडाकु ओलीको पक्षमा ? बालुवाटारमा भयो छलफल

काठमाण्डौं । संसद विघटन र पार्टी विभाजन पछि नेता कार्यकर्ता तानातानमा परीरहेका बेला पूर्व माओवादी लडाकुहरु पनि नेतृत्व चाहार्दै हिँडेको पाईएको छ ।

आज पूर्व लडाकुहरुको एक समुहले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसगँ छलफल गरेको छ ।
त्यस छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धमा जुन क्रान्तिको सपना देखाएर नेतृत्वले धोका दिएको भन्दै आफूले सम्मान गर्ने बचन दिएका छन् । ओलीले आफूबाट धोका नहुने भन्दै राजनीतिक रुपमा वास्तविक समस्यायको समाधान गर्ने आस्वासन दिएको बताईएको छ ।

त्यहाँ छलफलमा पुगेको समुहले आफूहरुले अब ओलीलाई साथ दिने बताएका छन् । पूर्व माओवादीबाट राम बहादुर थापा सहित पछि ओली समुहमा प्रवेश गरेकाहरुलाई धमाधम मन्त्री बनाउदै ओलीले पूर्व लडाकुहरुलाई समेत आफूतिर तान्ने प्रयास गरीरहेका छन् ।