आइतवार, साउन १७, २०७८

प्रचण्डको नेता फेर्ने आन्दोलनमा होइन विप्लवको वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा सहभागी बनौं

हेम बहादुर खड्का (राज)/लेखक ।

 

 

हामीले संविधान बनेदेखि भन्दै आएका थियौं, कि कम्तीमा उल्लेखित जनअपेक्षाको सम्बोधन हुन सकोस् । ०४७ साल यताको आम नागरिकको डाटाबेस बनाउनेतर्फ लागौं, यस अघिका राष्टसेवक र उच्च ओहोदामा रहेर काम गर्नेहरु सम्पत्ति छानबिन गरौं, अबैध सम्पत्ति

नेपाली जनता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ईतिहास निर्माण गर्न चाहान्थे, समाजवादी क्रान्ति सम्पन्न गरेर, सम्पुर्ण रुपले वर्गीय स्वरुपको अन्त्य गर्ने र राज्यको विलोपीकरण गराएर वर्गविहीन समाज निर्माणको चरणमा प्रवेश गर्ने परिकल्पना गरेका सचेत युवाहरु समेत अहिलेको राजनीतिक विग्रहले निकै नै उद्देलित भएका छ्न ।

समाजवाद उन्मुख संविधान र दुई तिहाई भनिएको बहुमतको सरकारले समेत समाजवादको प्रारम्भिक चरणमा प्रवेश गर्ने त टाढाको कुरा, समाजवादी खाका समेत कोर्न नसक्नुले अहिलेको यो राजनीतिक तह र तप्का अनि यो व्यवस्था असफल रहेको पुष्ठि गरेको छ ।

हेम बहादुर खड्का (राज)

हामीले संविधान बनेदेखि भन्दै आएका थियौं, कि कम्तीमा उल्लेखित जनअपेक्षाको सम्बोधन हुन सकोस् । ०४७ साल यताको आम नागरिकको डाटाबेस बनाउनेतर्फ लागौं, यस अघिका राष्टसेवक र उच्च ओहोदामा रहेर काम गर्नेहरु सम्पत्ति छानबिन गरौं, अबैध सम्पत्ति राष्टियकरण गरौं, त्यो प्रणाली र त्यसको निर्देशिका हामी तयार बनाएर दिन्छौं । सत्ता पद र कुर्सीमा तपाईंहरु नै बिराजमान हुनुस्, परिवर्तनका आन्दोलनमा लाग्ने परिवारलाई निशुल्क शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी गर्नुस् ।

कम्तीमा सबैखाले आन्दोलनमा सहादत परिवारका छोराछोरीलाई निशुल्क शिक्षा, तिनका बाआमाको निशुल्क स्वास्थ जाँच र उनका बालबच्चालाई रोजगारीको ग्यारेन्टी गरिदिएको भए, आन्दोलन र संघर्षमा लाग्नेहरु र आम जनता कम्तिमा आशावादी हुन सक्दथे ।

आज आन्दोलन र संघर्ष सकियो भन्नेहरू भागबण्डा नमिल्दा सडकमा छ्न्, राजनीतिक मुद्दा सकियो भन्नेहरू त्यही राजनीतिक लडाइँमा छ्न् ।

न यो कुनै राष्टियता बारेको आन्दोलन न स्वाधीनताको, न त यो कुनै जनजीवन, जनसवाल, जनतन्त्र वा जनजीविका वा जनताका पिरमार्का र जनता र रास्ट्रहितमा छ । केबल व्यक्ति र समुहगत स्वार्थ पुरा गर्न आन्दोलन ननभेज बनाउने उद्घोष र आह्वान गर्दैछन ।

सिमाका पिल्लर हराउदै गर्दा, सिमामा चेलीको ईज्जत् लुटिदै गर्दा, सार्वभौमसत्ता माथी हस्तक्षेप हुँदै गर्दा, हजारौं नाबालिका र महिलाहरु बलात्कार गरि हत्या गरिदा, सुदखोरहरु खुलेआम बजार खोलेरै बस्दा, भ्रष्टाचारको गिरोहले होडिङ बोर्ड टालेर बस्दा, तस्कर र घुसखोरको प्रतिक्षालय चोकै पिछे खुल्दा,
त्यसको ठेकेदार बनेर, संरक्षक बनेर बेलुकी आफ्नो अखडामा आफ्नो भाग लिन पुग्नेहरुले, यो देशको नेतृत्व गरिरहेका छन ।

हरेक पाईलामा सहयोगका नाममा कमिसन माग्नेहरु रास्ट्रका ढुकुटी र श्रोत साधनको दोहन गर्ने ठाउँमा छन् । अनि कसरी बन्छ देश ? कसरी आउँछ समृद्धि ? केले हुन्छ विकास ?

हरेक नेताका स्विस बैंकमा पैसा, टापु र विदेशी शहरमा तिनका छोराछोरीको बार र डिस्को, ऐसआरम र चैनमा पल्केकाहरुले लुट्ने नै हुन् ।जबसम्म, एकैखाले उहीँ प्रणालीमा जनता र सत्तालाई नेतृत्व गर्नेलाई सत्ताको व्यबहार समान हुदैन तब सम्म त आसमानताको बीउ रहिरहन्छ ।

आउनुस् नेता हैन प्रणाली फेर्ने कुरा गरौं, आन्दोलन र संघर्ष मात्रै हैन, व्यवस्था फेर्ने कुरा गरौं, आउनुस् पात्र मात्रै हैन प्रवृत्ति फेर्ने कुरा गरौं ।

हो, प्रस्ट समाजवादी खाका कोरेर, जनविद्रोह र जनक्रान्तिको आलोकमा समाजवादी क्रान्ति सप्पन्न गरि वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न जुटौं ।