शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपा विप्लवद्वारा भोली माघ १० गते नेपाल बन्दको घोषणा

काठमाडौं । नेकपा विप्लवद्वारा भोली माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेको थियो ।

विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

प्रहरीको विशेष ब्युरोले बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो ।