शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -१० मा नेकपा परित्याग गरी २६ जना कांग्रेसमा प्रवेश

रातो प्रेस संवाददाता, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० मा नेकपा परित्याग गरी २६ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

आज बिहिबार वडा नं. १० मा आयोजित विरोध सभामा उनीहरूले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । उनीहरू लाई कांग्रेस पार्टीका नेताले सदस्यता प्रदान गर्दै अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका छन ।

नेकपाले सरकार सञ्चालनमा देखाएको तानाशाही प्रवृत्ति, भ्रष्टाचार, राष्ट्रिय ढिकुटी रित्याएर कार्यकर्ताको भरणपोषण गर्ने प्रवृत्तिप्रति वितृष्णा पैदा भएपछि सत्तारुढ दल त्यागेर आफू प्रमुख प्रतिपक्षी कांग्रेसमा प्रवेश गरेको भन्दै धारणा राखेका थिए ।