बिहिबार, फाल्गुन २०, २०७७

शितगंगामा विद्यालय समयमै केही प्रअ तथा शिक्षकहरु वडा अध्यक्षसँगै पार्टीकाे सभामा

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिकामा पार्टीका शिक्षक भर्ना देखि खुलयाम पाटीका गतिविधीमा समावेस हुँदा पनि नगरपालिकाकाे शिक्षा शाखा निरीह बनेकाे छ ।

केही दिन अघि नेकपाकाे सभामा एक शिक्षक स्कुलमा हाजिर लगाएर सभामा गए पछि चाैतर्फी विराेध भएपछि शिक्षा शाखाका प्रमुखले यस्ता गतिविधी राेक्ने बताएका थिए तर यस्ता गतिविधी शिक्षकलाई सामान्य हुने गरेका छन ।

आज बिहिबार समेत शितगंगा १० बर्रे स्थित शुबाेधिनि माध्यमिक विद्यालयका शिक्षक दुर्गा बेल्बासे विद्यालयमा पुगेर हाजिर भए र चारतारे झण्डा बाेकेर नारा लगाउन हिडेको प्रमाण पाईएको छ ।

विद्यालयमा प्रअलाई समेत कुनै जानकारी नदिइ उनी पार्टीकाे सभामा पुगेका हुन । प्रअ बिदामा रहेकाे र निमित्त प्रअकाे जिम्मेवारी समेत पाएका उनले विद्यालयमा हाजिर भएर बिराेध सभामा सभाकाे अग्रपंतीमा देखिने गरी आसन ग्रहण गरे । उनी अहिले मात्र हैन हरेक कार्यक्रममा यसरी नै सहभागी हुने गर्दछन । उनी गाउँमा शिक्षक भन्दा कांग्रेशकाे कार्यक्रताकाे रुपमा बढि चिनिने गरेका छन ।

त्यस्तै शितगंगा – ११ ढोडेनी स्थित दुम्सी आधारभूत विद्यालयका प्रअ रुम बहादुर पल्ली पनि मौवाबारीमा आयोजित विरोध सभामा सहभागी बन्न पुगेका छ्न । उनले विद्यालय छाडी विरोध सभामा पुगे ।

शिक्षा क्षेत्र राजनिति बाट मुक्त गर्ने भनिए पनि याे सफल हुन सकेकाे छैन । शितगंगा नगरपालिकामै शिक्षा शाखामै पाटीकाे झण्डा मुनिबाट १/१ जना शिक्षक भर्ना गरेकाेले पनि यस्ता गतिविधी शिक्षा शाखाबाट नियन्त्रण हुन सकेकाे छैन । त्यस्तै वडा नं. १० कै उक्त सभामा शिक्षक ईश्वरि पोख्रेलको सन्चालन र शिक्षक मधु अधिकारीको पनि सहभागीता रहेको थियो ।