बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगाा-११ मा एकै दिन नेकपाका ३४ जना पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

शितगंगा । अर्घाखाँचीको शितगंगा-११ मौवाबारीमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । सोही विरोध सभामा नेकपा परित्याग गरी ३४ जना काँग्रेसमा प्रवेश गरेका छन ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस जिल्ला कार्य समिती संगठन विभाग सदस्य कृष्णप्रसाद पौडेलले अलोकतान्त्रिक तवरले सरकारले विघटन गरेको संसद पुनःस्थापना गर्नुपर्ने बताउँनुभयो । उहाँले नेपाली जनताले कम्युनिष्टलाई दिएको बहुमतको अपमान गर्दै चुनाव-चुनाव भन्नु अलोकतान्त्रिक भएको बताउँनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष कपिलचन्द्र आलेले चुनावमा बाचाँ गरेका प्रतिवद्धता पुरा गरेको बताउँदै कम्युनिष्टले जस्तो ढाट्ने प्रवृत्ति काँग्रेसमा नरहेको बताउनु भयो । कार्यक्रम वडा सभापति कर्ण बहादुर रजालीको अध्यक्षता, सचिव शोभाकान्त आलेको सञ्चालन र बावुराम आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सदस्य गणेश पुलामि शिक्षक संघका रूम बहादुर पल्ली, महिला संघका लिलावति आले, पुनम विक, पुर्व वडा अध्यक्ष तारा बहादुर सुनारी लगाएतले मन्तव्य राख्दै सरकारको कदम अलोकतान्त्रिक भएको आरोप लगाए ।

नेकपा परित्याग गर्नेमा मानबहादुर घर्ती, लक्ष्मी घर्ती, लिलावती नेपाली, ओमबहादुर रेश्मी लगाएतका ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।