शुक्रबार, फाल्गुन २१, २०७७

नेकपा (प्रचण्ड-नेपाल पक्ष) को जिल्ला कमिटीको चौथो पूर्ण बैठक सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी जिल्ला कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।
सन्धिखर्कको एभेष्ट होटेलमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी जिल्ला कमिटीको चौथो पूर्ण बैठक बुधवार सम्पन्न भएको  हो ।
मदन आश्रीत स्मृति भवन ओली पक्षले कब्जा गरेपछि प्रचण्ड-नेपाल समुहले भेला, बैठक सन्धिखर्कका होटेलमा गर्दै आएका छन् ।
बैठकमा नेकपाका नेताहरू ठाकुर कुमार विक, पिताम्बर भुसाल, प्रेमनारायण गैर लगायतको उपस्थिति रहेको थियो ।