शनिबार, फाल्गुन १५, २०७७

कांग्रेसले भोलि वडास्तरीय प्रदर्शन गर्ने, सबै कार्यकर्तालाई सहभागी हुन अपील

काठमाडौं । नेपाली कांग्रेसले वडास्तरीय प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

बुधवार जारी गरिएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको घटनाविरुद्ध कांग्रेसले बिहीवार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरिएको छ ।

केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरिएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।