शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिकाको टोलीद्वारा वडा नं. ५ र ६ मा रहेका बजार अनुगमन

अर्घाखाँची, झनक केसी ।
शितगगां नगरपालिकाका वडा नं. ५ र ६ पर्ने जुकेना बजार अनुगमन गरेको छ ।

संयोजक नगेन्द्र नेपालको नेतृत्वमा रहेको अनुगमन टोलिले जुकेनाका किराना पसल, होटल, इलेक्टोनिक फेन्सी पसल, मदिरा पसल, मेडिकल सुनचाँदी पसल,भाडा पसल आदि अनुगमन गरेको छ। अधिकांश पसलहरु दर्ता नगरेको भेटिएका छन। केही पसलहरु अनुगमन आएको थाहा पाए पछि बन्द गरिएको देखिएका छन। त्यस्ता पसललाई कुनै बेला छडके चेकमा जरिमाना काटेर पसल बन्द गराउने समेत नगरपालिकाले निर्णय गरेको छ। अनुगमनमा मूल्यसुची नराखेको साइनबोर्ड नभएका समेत फेला परेको थियो ।

उक्त अनुगमनमा भेटिएको समान ५ हजार मूल्य बराबरको अखाद्य बस्तु जफत गरि नस्ट गरिएको छ। उपभोग्य मिति समाप्त भएका मसला, नमकिन जुस तथा पेय पदार्थ बेसन चिजबलका आइटमहरु जफत गरि वाड न ५ र ६ का वाड अध्यक्षहरु ऋषि रेस्मी, कमल पौडेल, लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, सरोकारवाला स्थानिय बासिन्दाहरुको रोहबरमा मिति गुज्रिएको समान जलाएर नस्ट गरेको छ ।

अनुगमनमा समिति सदस्य उद्योग बाणिज्य संघ, नेपाल प्रहरी इप्रका ठाडाका प्रमुख बाबुराम बस्नेतको टोलि, पत्रकार, स्वास्थकर्मीको सहभागी रहेको थियो । समितिले नगरपालिकाका अन्य बजारपनि अनुगमन गर्ने बताएको छ।