सोमवार, फाल्गुन १७, २०७७

व्यवसाय कर सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

केशव बेल्वासे, कपिलवस्तु ।
व्यवसाय दर्ता तथा कर सम्बन्धी शिवराज नगरपालिका भित्रका उद्यौगी व्यवसायिहरुसगँ छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

व्यावसायीहरुलाई करदाता शिक्षा सम्वन्धि जानकारी प्रदान गर्ने उद्देश्यले चन्द्रौटा उद्योग बाणिज्य सघंको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा आन्तरीक राजस्व कार्यलय कृष्ननगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले व्यवसायिका समस्या र गुनासाहरुमाथि सहजिकरण गर्नुभएको थियो भने आन्तरीक राजस्व कार्यलय कृष्ननगरका कर अधिकृत सुर्य प्रसाद चापागाईले कर मिन्हा जरीबाना सम्बन्धी कानुनि प्रकिया बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष जमसेर अलिमियाले कोभिडका कारण रोकिएको अर्थतन्त्रलाई चलायमान बनाउन सबै व्यवसाय नविकरण दर्ता तथा करको दायरामा आउनुपर्ने बताउनुभयो । होटल व्यवसायिहरु पनि भ्याटमा जनुपर्ने र राजस्व कार्यलयले टोलि खटाएरै भएपनि अभिलेख तयार पारी भ्याट पान नं बाट कारोकार गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख कर अधिकृत दिनेश पाण्डे, कर अधिकृत सुर्य प्रसाद चापागाई, व्यापार संघ कपिलवस्तुका महासचिब जगत पौडेलको आतिथ्यता रहेको थियो । चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेर अलिमियाको अध्यक्षता तथा चन्द्रौटा उद्योग बाणिज्य संघका महा सचिव दमन भाटको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रमा शिवराज नगरपालिका भित्रका उद्योगी, व्यापारी तथा व्यवसायिहरुको सहभागिता रहेको थियो ।