बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आँखा अस्पताल बहादुरगञ्जकोे कर्मचारी आवास भवन सिलन्यास

केशव बेल्वासे, कपिलवस्तु ।
छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जकोे कर्मचारी आवास भवन सिलन्यास गरीएको छ । ५० लाखको लागतमा निमार्ण हुने कर्मचारी आवास भवनको आज सिलन्यास गरीएको हो ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा संविधान सभा सदस्य तथा छन्द काले बाबु नारायणी आँखा अस्पतालका सल्लाहकार बुद्धिराम भण्डारीले कर्मचारी आवास भवन सिलन्यास गर्नुभएको हो ।

भवन सिलन्यास गर्दै भण्डारीले आँखा जस्तो संवेदनशिल अंगप्रति अस्पतालले सहज र सस्तो सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो । विगत १६ बर्ष देखि जिल्लाको बहादुरगंजमा रहि आखाँ स्वास्थ्य संचालन गर्दै आइरहेको यस अस्पतालले नेपाल र भारत दुवै देशका आँखाका विरामिको उपचार गर्दै आईरहेको बताउनुभएको थियो । उहाले संघद्धारा सञ्चालीत आँखा अस्पतालहरुले गुणस्तरी सेवा दिएको भन्दै अस्पतालको भौतिक विकासका लागि सवैले सहयोग गनुपर्ने बताए । भारतमा भन्दा नेपालमा आँखाको उपचार सुलभ, सहज तथा भरपर्दो हुने हुदा अस्पतालमा नेपाली भन्दा भारतीय नगरिक बढि आउने गरेको भण्डारीले बताउनुभयो । जग्गादाता नारायणि शाहले निशुल्क जग्गा उपलब्ध गराएर अस्पतालमा ठुलो योगदान गरेको वताउनुभयो ।

निर्माण समितिका संयोजक लिला साहले विगतमा सानो भवनबाट काम गर्दै आईरहेको आज सुविधायुक्त भवनबाट काम गरीरहेको र आज कर्मचारी आवास भवनको पनि सिलन्यास भएकोमा खुसि व्यक्त गनुभयो । कर्मचारी आवास भवनको निमार्ण पश्चात डक्टरहरुलाई पनि राहत मिल्ने उहाले बताउनुभयो ।

आज शिलान्यास भएको कर्मचारी आवास भवन ३ महिनामा निर्माण सम्पन्न हुने उहाले बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताव शाहले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम बाट विनियोजित रु ५० लाख सहयोगमा भवन निर्माण सुरु गरेको छन्द कालोवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

कार्यक्रम संविधान सभा सदस्य तथा छन्द काले बाबु नारायणी आँखा अस्पतालका सल्लाहकार बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता, संघका केन्द्रिय सदस्य, सभापति कृष्णकुमारी गिरी, जग्गा दाता तथा एसएस्कर सदस्य नारायणी शाहको विशिष्ट आतिथ्यता रहेको थियो । निर्माण समितिका संयोजक लिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका सल्लाहकार समिति पदाधिकारीहरु, जनप्रतिनिधी, अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।