बुधबार, फाल्गुन १९, २०७७

नेता चौहानले पत्रकार सम्मेलन गरी प्रचण्ड- नेपाल पक्षमा देखिए

अन्जना खनाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा नेता राम बहादुर चौहानले पत्रकार सम्मेलनको आयोजना गरी राजनैतिक धार स्पष्ट पार्नु भएकोछ । जिल्लाको सन्धिखर्कमा नेता चौहानले पत्रकार सम्मेलन गरि आफ्नो राजनैतिक खेमा खुलासा गर्नु भएको हो ।

चौहानले नेकपा बिभाजन पछि आफु निकै चिन्तित भएको भन्दै पार्टीको कुन लाइनमा जाने भन्ने बारे गहिरो अध्ययन गर्नुको साथै काठमाडौंमा १२ दिनको बसाइमा के पी ओली बाहेकका नेताहरु संग भेटघाट र परामर्श गरि सामाजिक संजालमा आएको सल्लाह सुझाव अनुरुप प्रचण्ड- नेपाल समुहमा आफु लागेको खुलासा गर्नु भएको थियो ।

सम्मेलनमा आफ्नो भनाइ राख्दै चौहानले केपि ओली समुहले देश नागरिक र संविधान बिरोधि कार्य गरेकोले स्वच्छ र इमानदार कार्यकर्ता वली समुहमा नरहने समेत ढकुवा गर्नु भएको थियो । उहाँले के.पी पक्षको ठाँउ ठाउँमा भएको जन भेलालाइ बाहिर बोक्रो भित्र खोक्रो,बाहिर रुमाले भित्र सिन्कि उमाले साथै काले काले मिलेर खाम भालेको जमात भएको समेत आरोप लगाउनु भएको थियो । भेलामा मान्छे जम्मा गर्न अनेक प्रलोभन र धुर्मुस सुन्तलीको नाम लिएर जमात बटुल्ने भन्दै नेकपा केपी समुह बिचार बिहिन भएको समेत जनाउनु भएको हो ।

पत्रकारबाट उठेका प्रश्नहरुको जवाफ दिदै नेता चौहानले आफ्नो पार्टी सच्चा नेकपा रहेको र सुर्य चिन्ह, र नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहमा रहनुको विकल्प समेत नरहेको ठकुवा गर्नु भएको थियो । अब जिल्लामा सुशासन र प्रादर्शिताको निम्ति आफ्नो पार्टीले तिब्र गतिविधि चलाउने भन्दै संविधान बिपरित केपी ओलीले गरेको गल्ति सिघ्र नसुधि्रएमा आन्दोलनको गति परिवर्तन हुने र आन्दोलनले कडा रुपलिने समेत जानकारी गराउनु भएको थियो । उहाँले आफ्नो पार्टी अब जिल्लामा जनताका हरेक सवालमा उभिने र डटेर लाग्ने समेत बताउनु भएको थियो ।

जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा पत्रकार राधा नेपालीको संचालन रहेको थियो ।