बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजदेखि घन्चौरामा तेस्रो बुद्धभूमि माघी महोत्सव संचालन हुदैं

रातो प्रेस डटकम, कपिलवस्तु ।
माघ महिना सुरु भएसंगै थारु समुदायले नयाँ वर्षको रुपमा विभिन्न जिल्लामा माघि पर्व मनाइ रहँदा कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा माघि पर्वको अवसरमा मेला महोत्सव सुरु भएका छन ।

त्यस्तै कपिलवस्तुको बुद्धभूमिमा पनि आज देखि तेस्रो बुद्धभूमि माघी महोत्सव सुरु हुन गईरहेको मेला मुल आयोजक समितिका अध्यक्ष टेङन थारुले बताउनु भयो ।

 

आज र भोली (माघ ३ र ४ गते) बुद्धभूमि नगरपालिका -३ घन्चौरा स्थित फुटबल मैदानमा “तेस्रो बुद्धभूमि माघि महोत्सव तथा नयाँ वर्ष २०७७” को आयोजना हुदैछ ।

माघि मेला संचालन हुदा स्थानीय कला र संस्कृतिको प्रर्बद्धनसंगै पर्यटकीय क्षेत्रको विकासमा समेत महत्वपुर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउछन । यस मेलाले व्यवसायहरु समेत संचालन हुने भएकाले स्थानीयको आर्थिक अवस्थामा समेत सुधार हुने अपेक्षा गरिएको ।