आइतवार, फाल्गुन १६, २०७७

अनेमसंघ (प्रचण्ड-नेपाल पक्ष) अर्घाखाँचीको विस्तारित बैठक सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठक सन्धिखर्क मा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यता मा सम्पन्न बैठकमा नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा महिला नेतृ छम कुमारी खनाल चिनारी प्रदेश कमिटी सदस्य तथा महिला नेतृ यमुना भुसाल लगायतको उपस्थिति रहेको थियो ।

बिस्तारित बैठकले प्रधानमन्त्री केपि शर्मा ओलिको असंबैधानिक कदमको विरुद्ध १५१ सदस्यीय जिल्ला संघर्स समिति को गठन गरेको जस्को संयोजकमा सुनिता बेल्बासे भुसाल र सह संयोजकमा माधवा भुसाल रहनु भएको छ ।

बैठक नेकपाकी नेतृ कमला भन्डारी भुसालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।