शुक्रबार, फाल्गुन १४, २०७७

कस्तो रलात आजको मौसम

weather मौसम

काठमाडौं : देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुई/तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने उहाँको भनाइ छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसमविद् पोखरेलको भनाइ छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम आज १६–१८ सम्म पुग्ने अनुमान गरिएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हिमपात हुने र प्रदेश नं १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।