आइतवार, फाल्गुन १६, २०७७

शितगंगा-७ मा अन्तर जिल्ला वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

झनक केसी, अर्घाखाँची।

शितगङ्गा नगरपालिकामा नेपालिहरुको महान चार्ड माघे सक्रान्तीको शुभ अबसरमा आयोजित अन्तर जिल्ला वाड स्तरिय भलिबल प्रतियोगिता भव्य रुपमा समापन भएको छ।

प्रतियोगिता शितगङ्गा नगरपालिका ७ मगरा कल्लेरीमा २ दिने अन्तर जिल्ला वडा स्तरिय भलिबल प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो कार्यक्रमको अध्यक्षता एल जि मगरले गर्नु भएको थियो प्रमुख अतिथी सितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारि,विशिष्ट अतिथी प्रथम पुरस्कार सौजन्यका अबिभावकले गर्नु भएको थियो।

अतिथी सिनपा ७ का वाड सद्स्य मुम बहादुर गरौजा,अतिथी लोक दोहोरी गाएक दिपक गरौजा,लगाएत विभिन्न पार्टिका प्रतिनिधि समाजसेविहरु लगाएत श्री भगवती माई युवा क्लबका प्रतिनिधि तथा पदाधिकारीहरु, खेलप्रेमीहरुको बाक्लो उपस्तिथिमा प्रथम पुरस्कार हात पार्न सफल टिम सितगङ्गा नगरपालिका ७ जलुके रहेको छ भने द्वितीय पुरस्कार भुमिकास्थानले हात पारेको छ ।

तेस्तै तृतीय पुरस्कार सितगङ्गा नगरपालिका ६ जुकेनाले हात पारेको छ। कार्यक्रममा प्रथम पुरस्कार सौजन्य जीवन लामिछाने सिवादह (हाल अमेरिका) बाट रु- २५,५५५ सहयोग गर्नु भएको थियो तेस्तै द्वितीय पुरस्कार दिल खत्री र ओम प्रकाश समाजसेबि तथा यातायात व्यावसायिले रु-१३,३३३ सहयोग गर्नु भएको थियो तेस्तै तृतीय पुरस्कार लोक दोहिरी गाएक दिपक गरौजाले रु-७,७७७ सहयोग गर्नु भएको थियो विभिन्न युवा तथा खेलप्रेमिले आर्थिक नगद सहयोग गर्नु भएको थियो कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने खेल संयोजन बिक्रम घर्तिको अमुल्य योगदान रहेको जिल्ला भलिबल संघका सदस्य गणेश थापाले बताउनु भएको थियो।

कार्यक्रमको समापनमा बोल्दै नगर प्रमुख अधिकारिले खेलाडी भएर देशलाई योग्दान पुर्याउनु युवाकै कर्तव्य हो आउदा दिनमा हाम्रो नगरपालिका युवाहरुको सदैब साथ दिने समेत बाचा गर्नु भएको थियो ।