बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

विप्लव समूहका नेता बाँस्तोला पक्राउ

काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोला समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अपरेशन जारी रहेको बताउँदै पक्राउ परेका व्यक्तिहरुबारे खुलाएनन् ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् । ललितपुरको विकट क्षेत्रमा कुमालको उपस्थिति देखिएपछि प्रहरीले प्रकाण्डसमेत त्यहाँ हुनसक्ने आशंका गरेको थियो । यद्यपि, बाँस्तोला र कुमाल मात्रै भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

उनीहरुको साथबाट केही महत्वपूर्ण दस्तावेज र विद्युतिय सामग्रीहरु बरामद भएको भनिएको छ । सरकारले २८ फागुन २०७५ मा समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता समूहका विभिन्न तहका नेता पक्राउ पर्ने क्रम जारी छ ।