शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

sarbocha-adalat
काठमाडौं। प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले गर्ने भएकी छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा अन्य न्यायाधीश भने पुरानै राखिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितका पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइका क्रममा न्यायाधीश हरिकृष्ण कार्की बाहिरिए पछि उनको स्थानमा न्यायाधीश मल्लको नाम सर्वोच्च अदालतलतले आजको दैनिक पेसी सुचीमा समावेश गरेको हो ।