काठमाडौं। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुसुरकुहिरो लागेको छ । जल तथा मौषक पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।