बुधबार, बैशाख १, २०७८

शितगंगा कृषि तथा पशु विकास महिला सहकारीकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न

निशाल निरु, शितगंगा ।
अर्घाखाँचीकाे जिल्लाकाे शितगंगा नगरपालिका- २ सितापुरमा स्थित शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाकाे अध्यक्ष बिष्णु अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

जसमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य रामजि प्रसाद घिमिरे, विशेष अतिथि शितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारी रहनु भएकाे थियाे । त्यस्तै अतिथिमा शिक्षा शाखा अधिकृत नगेन्द्र नेपाल, शि.न.पा-२ सितापुरका वडा अध्यक्ष गाेवर्धन थापा, सदस्य सरस्वती क्षेत्री, पार्वता देवी विक, निमलाल अधिकारी, भान बहादुर क्षेत्री, नव सिर्जनशील युवा क्लवका अध्यक्ष राम बहादुर क्षेत्री, रानीवग्यार झाँक्रे सामुदायिक वनका अध्यक्ष अम्मर प्रसाद न्याैपाने, शुभलक्ष्मी बचत तथा रिण सहकारी संस्थाकी अध्यक्ष विण्णु क्षेत्री, हेफर इन्टरनेशनल संस्थाका अधिकृत राधाकृष्ण शर्मा, केशब भुसाल,चुरा बहादुर बिश्वकर्मा लगायत ३२ वटा समूहका शेयर सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।