शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज देखि बुद्धभूमि-४ बुड्ढीमा माघि मेला सुरु हुदैँ

रातो प्रेस डटकम, कपिलवस्तु ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्ढीमा आजदेखि माघि मेला सुरु हुदैंछ ।

दुई दिनसम्म संचालन हुने “वडास्तरिय माघि मेला-२०७७” भोली माघ १ गते सम्म संचालन हुनेछ । उक्त मेलालाई सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे वडा स्तरीय माघि मेला मुल अायाेजक समितिका संयोजक वेचन थारूले बताउनु भयो ।

माघी मेलामा थारू खानाका परिकार, थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, झुम्रा नाच, थारू तथा अन्य कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ। स्थानीय कला र संस्कृमाघि मेला संचालनलेतिको प्रर्बद्धन तथा विकासमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएकाे छ ।

कार्यक्रमकाे उद्घाटन बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले गर्ने अायाेजकले जानकरी गराएकाे छ । त्यस्तै कलाकारमा राष्ट्रिय कलाकार श्रीनिवास थारू, स्थानिय कलाकार रञ्जित थारु, सोनु चौधरी, विकास थारु लगाएतकाे विशेष प्रस्तुति रहने छ ।

दुइ दिन सम्म चल्ने उक्त मेलामा उपस्थितीकाे लागि अा याेजकले सम्पुर्णलाइ अनुराेध गरेकाे छ।