बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

ओलीको असंवैधानिक कदमविरुद्ध कपिलवस्तुका चोक चोकमा कालो झण्डा

कपिलवस्तु । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले संसद विघटनको विरोधमा चरणबद्ध कार्यक्रम घोषणा गरे अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरी प्रतिगामी कदम चालेको भन्दै केन्द्रिय कार्यक्रम अनुसार नेकपा कपिलवस्तुले जिल्लाका विभिन्न चोकमा कालो झण्डा गाडेको हो ।

संसद विघटन गरेपछि पार्टी अनुशासनको कारबाहीबाट अध्यक्ष हटाइएका ओलीले चालेको कदमलाई विरोध स्वरुप पार्टीको केन्द्रिय कार्यक्रम अनुसार प्रत्येक स्थानिय तहको चोकचोकमा कालो झण्डा गाड्ने कार्यक्रम अनुुसार जिल्लाको चोकचोकमा कालो झण्डा गाडिएको नेकपा कपिलवस्तुले जनाएको छ ।