शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभुमीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर १ वसन्तपुरमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मङ्गलवार साँझ ७ बजे भएको दुर्घटनामा बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिङ्गेका वर्ष २८ का सुरेन्द्र थारुको मृत्यु भएको हो । गोरुसिङ्गेबाट पत्थरकोटतर्फ जाँदै गर्दा लु १० प ७४४९ नम्बरको मोटरसाइकलले सडक छेउको पोलमा ठक्कर दिएको थियो ।
तीव्र गतिमा रहेको मोटरसाइकल मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ती सोही ठाउँ कै वर्ष २६ का टिकाराम थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको बताइएको छ । घाइते थारुको खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।