शुक्रबार, फाल्गुन २१, २०७७

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने तयारी

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण टुंगो लागेको छ । नेपाल-भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते भारत जाने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारतको भ्रमण गर्नुहुने छ । संयुक्त आयोगको बैठकले नेपाल(भारतको द्विपक्षीय हित प्रवर्द्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड(१९ मा आपसी सहयोग-समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटघाटको कार्यक्रमसमेत तय भएको मन्त्रालयको भनाइ छ ।

नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, विदेश सचिव, स्वास्थ्य सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कनुहुने छ।