कपिलवस्तु। जिल्लाकाे बाणगंगा नगरपालिका वडा नम्बर ७ ले मंगलबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको मोतिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १ सय ७ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरी, विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारी, वडाका जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारी सहभागी थिए । बढ्दो जाडोमा न्यानाे कपडा पाएपछि विद्यार्थी पनि खुसी भएका छन् ।