बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

पुस मसान्त भित्रै कर तिर्न सरकारको निर्देशन, तोकिएको समयमा नबुझाए जरिवाना

काठमाडाैँ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका बेला सरकारले आयकर बुझाउन निर्देशन दिएको छ।

आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कारोबारको अनुमानित करको विवरण र त्यो विवरण अनुसार तिर्नु पर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन निर्देशन दिएको हो ।

आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन सुचना जारी गरेको छ ।

कर बुझाउन अब दुई दिन मात्र बाँकी छ। तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।

यसअघि उद्योग-वाणिज्यसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्रीलाई भेटी आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरेका थिए ।