शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अस्थिरता पैदा हुने अवस्था आएकोले संसद विघटन : गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गरिएको बताउनुभएको हो ।

 

उहाँले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाउनुभयो । मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठीक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिनुभयो ।