शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

माघे संक्रान्तिमा बराहा दहमा पुजा आराधाना हुने, सहभागी बन्न भक्तजनलाई वडाध्यक्ष केसीको आग्रह

गणेश बेल्बासे संगम, अर्घाखाँची ।
अर्घाखाँचीको शितगगां नगरपालिका – ९ बराह दहमा पुजा आराधाना हुने वडा अध्यक्ष भिम केसीले बताउनु भएको छ ।

सदाका वर्षहरूमा झै माघे संक्रान्तिको दिन बराह दहको दर्शन एवं पुजा आराधाना कार्यक्रममा हुने हुदाँ सम्पूर्ण भक्तजनलाई उपस्थितीको लागि आग्रह गर्नु भएको हो ।

जिल्लामा एक मात्र गोही पाइने तथा गौरवमय धार्मिक इतिहास बोकेको अर्घाखाँचीको बराह दहमा माघे संक्रान्तिका दिने बिहानै देखि पुजा गर्ने भक्तजनहरु घुईचो लाग्ने गर्दछ । भाकल गरेको मनोकांक्षा पुरा हुने विश्वास गरिदै आएको छ ।

सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह एक प्राकृतिक सम्पदा एवं धार्मिक स्थल का रुपमा परिचित रहेको छ । पछिल्लो समय सेल्फी खिच्नको लागि पनि उक्त दहमा घुम्न जाने क्रम बढ्दो छ । प्राकृतिक रुपमा  धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचारप्रसारका लागि विगतका वर्षहरुमा मेला आयोजना हुने गर्दथ्यो ।

यस वर्ष भने केभिड (कोरोना भाईरस) को कारण औपचारीक कार्यक्रमको आयोजना नगरिने वडाध्यक्ष भिम केसीले रातो प्रेसलाई बताउनु भयो । विभिन्न क्लब तथा समूहद्वारा बराह दह क्षेत्र वरीपरी सरसफाई गर्ने कार्य जारी रहेको उहाँले बताउनु भयो ।

विभिन्न समयमा लिएका तस्विरहरु :