बुधबार, बैशाख १, २०७८

ज्याेति सहकारीलाई जिल्लाकाे उत्कृष्ट सहकारी बनाउने लक्ष्य छ – अध्यक्ष भुसाल (भिडियो अन्तवार्ता सहित)

गणेश बेल्बासे संगम, राताे प्रेस संवाददाता ।
कपिलवस्तु : ज्याेति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम प्रसाद भुसालले जिल्लाकाे उत्कृष्ट सहकारी बनाउने बताउनु भएकाे छ ।
ज्याेति बचत तथा ऋण सहकारी संस्था लि. काे १८औं बार्षिक साधारण सभा सम्पन्न पछि राताे प्रेस संवादमा बाेल्दै उहाँले जिल्लाकाे उत्कृष्ट सहकारी बनाउने बताउनु भएकाे हाे । २०५८ सालमा स्थापना भएको यस संस्थाले विशेष गरि विना धितो सौलियत दरमा रिण दिदै आएको छ । भुसालले ज्योति सहकारी संस्था नाफामुखी संगै सेवा मुखि समेत रहेको बताउनु भयो । उहाँले संस्था सेयर सदस्य हुनेले मात्र संस्थाबाट सेवा पान्छ भन्ने भ्रम नराख्न समेत आग्रह गर्नु भयो । विगत १९ वर्ष देखि सेवा दिदै आएको यस संस्थाले अती निम्न्न वर्गको जीवन स्तर उकास्नका निमित्त काम गरी रहेको बताउनु भयो ।
बुद्धभूमि नगरपालिका १ लाई आफ्नो मुख्य कार्यथलो बनाएको यस संस्थाथाले आगामि दिनमा महिलाहरुको हक हितकालागि अझ प्रभावकारी बनेर बढ्ने बताउनु भएको छ ।
उक्त सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा हिजाे शनिबार सम्पन्न गरेकाे छ । कोभिड १९ लाइ मध्यनजर गर्दै छोटो सुरक्षित तरिकाले सम्पन्न गरेको थियो ।
२०५८ साल वैशाख १८ गते स्थापना भएको थियाे । २५ जनाबाट संस्था दर्ता प्रकृया शुरु भै हाल सम्म ८९३ सदस्य पुगेका छन । आ.व. ०७६-७७ मा १३ लाख ५० हजार ३ सय संकलन भई ४७ लाख ९० हजार ३ सय शेयर पुजी रहेको छ ।
लिङ्क खोली पुरा भिडियो पनि हेर्नुहोस् :
https://youtube.com/watch?v=Fl8iM3fho8Q&feature=share