शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रथम अर्घाखाँची बुलेटिन कप प्रतियोगिता-२०७७ को सन्धिखर्कमा शुभारम्भ

अशाेक खनाल, सन्धिखर्क ।
प्रथम अर्घाखाँची बुलेटिन कप प्रतियोगिता २०७७ को सन्धिखर्कमा शुभारम्भ भएको छ।
”खेल खेलाडी, खेल प्रेम तपाईं अनि हामी मिलि सभ्य र भब्य बनाउ” भन्ने मुल नाराका साथ अर्घाखाँची बुलेटिन डटकमद्वारा आयोजित क्रिकेट प्रतियोगिता सन्धिखर्कको टुडिखेल मा शुरु भएको छ । जिल्ला का २० टिम सहभागी खेल को नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिष्णु खनाल मुस्कानले उदघाटन गर्नु भएको थियो ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानको प्रमुख आतिथ्यतामा शुरु उदघाटन सत्रमा राजमोका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, नेकपाका युबा नेता ठाकुर सौराग आदर्श जिल्ला भलिबल संघका जिल्ला अध्यक्ष बिष्णु परियार लगाएतको उपस्थिति रहेको उदघाटन सत्रको अध्यक्षता युबराज थापाले गरेका थिए भने कार्यक्रमको संचालन तेजेन्द्र शम्सेर पाण्डेले गरेका थिए ।