सोमवार, माघ ५, २०७७

रातो प्रेस डटकमकाे टिमद्वारा जन्मजात अपाङ्गको परिवारलाई सहयोग हस्तान्तरण (भिडियो सहित)

रातोप्रेस डटकम। सामाजिक क्षेत्रमा अाफ्नाे अभियानलाइ अगाडी बढाइ रहेकाे रातो प्रेस टिमद्वारा एक जन्मजात अपाङ्गको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । देश विदेशमा रहने नेपाली दाजुभाईहरुले अपाङ्गको परिवारलाई आर्थिक सहयोग पठाएपछि रातो प्रेस टिमले सहयोग हस्तान्तरण गरेको हो ।
केही सहयाेगका लागि राताे प्रेस मिडिया अाउन अनुराेध गरेपछि सहयाेग लिएर उक्त परिवारसम्म पुग्ने निर्णय भएकाे थियाे । राताे प्रेस मार्फत संचालन गरेकाे अभिया मार्फत अार्थिक सहयोग गर्नेहरूमा अर्घाखाँचीको शितगंगा नगरपालीका वडा नं. ९ सिद्वारा जन्म भई हाल कपिलवस्तुको बाणगंगा नगरपालीका – ११ देउवापार बसोबास गर्दै आउनु भएका साथै वैदेशिक रोजगारको सिलसिलामा दुवईमा रहने खिम राज बेल्बासेले ५ हजार, अर्घाखाँचीको शितगंगा नगरपालीका वडा नं. १० हर्रेमा जन्म भई हाल कपिलवस्तुको शिवराज नगरपालिका – ५ चन्द्रौटा बसोबास गर्दै आउनु भएका हाल वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरीयामा रहेका पर्वत थामीले ७ हजार, कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं. ४ भुपु सैनिक टोल निवासी के.बी. बुढामगरले २ हजार र शितगंगा-८ लाहापे विवासी दलजित सुनारले २५ किलो चामलको बोरी सहयोग गर्नु भएको थियो । सहयोग पठाउनु हुने सम्पूर्ण सहयोगी दाताहरुलाई रातो प्रेस टिमको तर्फदेखि विशेष धन्यवाद व्यक्त गर्दछौं ।
तलको भिडियो पनि हेर्नुहोस् :
https://youtube.com/watch?v=RjQUOZwXU9g&feature=share