सोमवार, माघ ५, २०७७

दुइ बस्ती जाेड्ने बाटो बनेपछि स्थानीय हर्षित

संगम बेल्बासे, राताे प्रेस संवाददाता ।

शितगंगा ः वर्षाैपछि दुइ बस्ती जाेड्ने बाटो बनेपछि सिलिङखाेला र लाैरीका स्थानीय हर्षित भएका छन् ।अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नं. ९ का दुइ वटा वस्ती सिलिङखाेला र लाैरी जोड्ने बाटो बनेपछि स्थानीय खुसी भएका हुन् । बाटो नहुँदा स्थानीयले लामो समयदेखि गाेरेटाेमा हिँड्दै आएका थिए ।

शितगंगा नगरपालिका–९ द्वारा विनियाेजित २ लाख ५० हजार बजेटबाट बाटो निर्माण कार्य सम्पन्न भएकाे हाे । बाटो नहुँदा डेढ घण्टा समय लाग्ने ठाउँमा बाटाे बनेपछि अाधा घण्टामा पुगिने भएकाे छ । बाटाे निर्माण भए पछि गाउँ गाउँमा सिंहदरबार आएकाे महसुस गरेका छन । बाटो नहुँदा स्कुल जाने विद्यार्थी पनि समस्यामा परेका थिए । सिलिङखाेला स्थित पशुपति अा.वि. र कातिके स्थित तुल्सी अा.वि. का बालबालिकालाइ  लाैरी स्थित शंकर ज्याेति अा.वि. मा पुग्न सहज बनाएकाे छ । बाटोकै समस्या खेप्दै आएका ति बालबालिकाहरू बाटो खुलेपछि खुसी भएका हुन् ।

स्थानीय तुल्सी अाधारभूत विद्यालयका प्र.अ. मेघराज गाहाले बाटो खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउनु भयाे । बाटोले करिब सय भन्दा बढि परिवारलाई सेवा पुग्ने उहाँले बताउनु भयाे । पहिले विद्यार्थी गाेरेटाे भएर हिड्दा जंगली जनावरकाे समेत डर त्रास हुने गर्थ्याे अब त्याे डर त्रास हटेकाे शंकर ज्याेति अा.वि. का  अध्यक्ष वकिल रानाले बताउनु भयाे । त्यस्तै साेही विद्यालयका प्र.अ. टंक बहादुर परियारले बाटाे निर्माण भएपछि विद्यालय समयमै विद्यार्थीहरू सहज रूपमा आइपुग्ने गरेकाे बताउनु भयाे ।

बर्षाै सालदेखि बसोबास गरेको बस्ती बाटोको पहुँचबाट टाढा थियो । अब लुम्बिनी प्रदेशकाे राजधानीसम्म जोड्ने छोटो र सहज बाटो भएको बाटाे निर्माण समितिका अध्यक्ष घनु गाहाले बताउनु भयाे । त्यस बाटाेबाट सिद्धारा, तल्ला सिद्धारा, छहरे लाैरी लगाएतका स्थानीयलाई भालुवाङ बजार सम्म पुग्न सजिलो हुने उहाँकाे भनाइ छ ।

वडा अध्यक्ष भिम केसीले वडाले साँघुरो बाटोलाई फराकिलो बनाउने, ग्राभेल भएको ठाउँमा स्तरोन्नति गर्ने, बाटो नभएको ठाउँमा बाटो खोल्ने अभियानसँगै बाटो खुलेको बताउनु भयाे । बाटो निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको उहाँले बताउनु भयाे ।