सोमवार, माघ ५, २०७७

शितगंगाका पहिराे विस्थापितलाई जस्तापाता वितरण

ठाडा । लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजनले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाड नं. ११ र १२ का पहिरोबाट विस्थापितलाई जस्तापाता हस्तान्तरण गरेको छ ।
लायन्स क्ल्ब इन्टरनेसनल ३२५ ए २ अन्तर्गत लायन्स क्ल्ब अफ कोटेश्वर ग्लोबल भिजनले शनिबार पिडितहरुका लागि राहत स्वरुप ४ लाख ५० हजार बराबरको  ४५ बन्डल जस्तापाता हस्ताण्तरण गरेको हो । लायन्स क्लब्स इन्टरनेसनल ३२५ ए टु अन्तर्गत कोटेश्वर ग्लोबल भिजनले आयोजना गरेको उक्त कार्यक्रमलाई डिस्ट्रइक गभर्नर डा. शुशिला मल्ल लगायतका क्याबिनेट सदस्यहरु र पूर्ब पदाधिकारीहरुको समेत विशेष सहयोग रहेको थियो।
राहत हस्तान्तरण कार्यक्रम माझबाट संयोजक नारायण प्रसाद बेल्बासे, डिस्टिक चिफ तथा क्लबका चार्टर्ड प्रेसिडेन्ट बिष्णु के सी, नेपाली कांग्रेसको केन्द्रिय आमन्त्रित सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे, सह संयोजक रिना थापाले संयुक्त रुपमा सितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।
पहिरोले पूर्ण रूपमा क्षति भएका सय घर मध्ये पहिलो चरणमा १५ अति विपन्न परिवारको आबासको लागी जस्ता पाता बितरण गरिएको क्लबका अध्यक्ष शिवलोचन पराजुलीले बताए । पहिरो पिडितका लागि हस्ताण्तरित सो जस्तापाता खरिदका लागि गुल्मीमा जन्मभुमि भई हाल युकेलाई कर्मथलो बनाउदै आएका समाजसेवी शंकर भण्डारीको बिशेष पहलमा साझा नेपाली समाज युके र लायन्स क्लब का सदस्यहरूले आर्थिक सहयोगमा जुटाएका थिए।