बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

ज्याेति बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा सम्पन्न

भक्तिराम घिमिरे, कपिलवस्तु ।
ज्याेति बचत तथा ऋण सहकारी संस्था लि. काे १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ मा रहेकाे ज्योति बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा हिजाे शनिबार सम्पन्न भएकाे हाे । कोभिड १९ लाइ मध्यनजर गर्दै छोटो सुरक्षित तरिकाले सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष राम प्रसाद भुसालले संस्थाको बार्षिक प्रतिवेदन वितरण गरी प्रस्तुत गर्दै कोभिडको कारणले विशेष कार्यक्रम राख्न नसकिएको जानकारी गराउनुभयो ।
२०५८ साल वैशाख १८ गते स्थापना भएको थियाे । २५ जनाबाट संस्था दर्ता प्रकृया शुरु भै हाल सम्म ८९३ सदस्य पुगेका छन । आ.व. ०७६-७७ मा १३ लाख ५० हजार ३ सय संकलन भइ ४७ लाख ९० हजार ३ सय शेयर पुजी पुगेको अध्यक्ष भुसालले जानकारी गराउनुभयो।
कार्यक्रममा शेयर सदस्यहरुलाइ माक्स र सेनिटाइजर वितरण गरी सुरक्षित तरिकाले सम्पन्न गरिएको थियो ।