शुक्रबार, माघ ९, २०७७

माघ १ र २ गते सार्वजनिक विदा दिने लुम्बिनी प्रदेशकाे निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।

थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेशमा आउने माघ १ र २ गते सार्वजनिक विदा दिन लागेको हो। गत वर्ष पनि प्रदेश सरकारले दुई नै विदा दिएको थियो।