मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

२४ घण्टामा मुलुकमा २ सय ५९ जना संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप २ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९९ र पुरुषको संख्या १ सय ६० छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८६ जना जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ५९ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।