आइतवार, माघ ४, २०७७

नेकपाकाे शितगंगा ११ मा गयाे पहिराे, एकै पटक ४५ जना नेपाली कांग्रेसमा प्रवेश

राताे प्रेस संवाददाता, शितगंगा ।

नेकपा पाटी परित्याग गरी ४५ जना नेपाली कांग्रेससमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश निर्वाचन क्षेत्र नं. २ द्वारा नरपानीमा अायाेजना गरिएकाे विरोध सभाकाे कार्यक्रममा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा अन्य वडाहरू ४, ५, ६ बाट पनि नेपाली कांग्रेसमा प्रवेस गरेका छन् र उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाल, जिल्ला सभापति बिष्णु मुस्कान, पुर्ब सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय ृपसभापति अच्युत गौतम लगायतले टिका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रवेश गराउनु भएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव प्रसाद पौडेलले राताे प्रेसलाइ बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सह सचिव इन्सु मिया, महासमिति सदस्य तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, महासमिति सदस्य यादव प्रसाद घिमिरे, महाधिबेशन प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, माधव प्रसाद पौडेल, मणिराम पौडेल, स्थानीय पालिकाका कांग्रेस सभापतिहरु खिमकुमार श्रेष्ठ, मोती बेल्वासे, विष्णु प्रसाद अर्याल, महिला संघका सचिब छमा कार्की, वडा अध्यक्ष कृष्ण वहादुर आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
क्षेत्रिय सभापती अच्युत गाैतमकाे अध्यक्षतामा र नेपाली कांग्रेसकाे केन्द्रिय सदस्य तथा संसदीय दलकाे सचेतक पुस्पा भुसालकाे प्रमुख अातिथ्यतामा, उप सभापति पुस्करनाथ पोख्रेलको स्वागत मन्तब्य र सचिव कृष्णलाल पुरीको सञ्चालनमा सम्पन्न भएको थियाे ।