शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सत्य र न्यायका लागि नेपाली एक जुट हुनुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ

विराटनगर। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । जसपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोधसभालाइ सम्बाेधन गर्दै अध्यक्ष भट्टराईले जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने सबैकाे दायित्व रहेकाे बताउनु भयाे ।

 

उहाँले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

डा. भट्टराईले भ्रष्टाचारालाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले सुविधाजनक बहुमतको सरकारले संसद भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिनुभयो । न्युज २४ नेपालबाट  साभार