सोमवार, माघ ५, २०७७

विवेकशील साझा पार्टी शितगंगाद्वारा ठाडामा भेला सम्पन्न

ठाडा। अर्घाखाँची जिल्लाको ठाडाको अमराईमा  विभिन्न पदमा जिम्मेवारी बाँडफाँड विवेकशील साझा पार्टी शितगंगा अर्घाखाँचीको नगर भेला आज सम्पन्न भएको छ । भेलाले सितगङ्गा नगरपालिकाको सम्पर्क ब्यक्तिको जिम्मेवारी ढुन्डीराज न्यौपाने लाई दिएको छ ।
त्यस्तै शितगंगा नगरपालिका महिला विभागको सम्पर्क व्यक्तिको जिम्मेवारी सिता पौडेललाई दिइएको छ । त्यस्तै भेलाले ढुण्डिराज न्यौपाने नगर सम्पर्क व्यक्ति भएपछि रिक्त भएको वडा नम्बर ३ को सम्योजक पदमा इन्द्रमणी आचार्यलाइ चयन गरिएको छ ।
त्यस्तै वडा नं. ३ कै सह सम्योजकमा अनिल घिमिरेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी शितगंगा नगरपालिका वडा नं. ४ को सम्पर्क व्यक्तिमा प्रकाशि घिमिरे, वडा नं. २ को सम्पर्क व्यक्तिमा लालबहादुर क्षेत्री , सहसम्योजक मा सागर अधिकारी र वडा नं. २ कै प्रचार प्रसार प्रमुखमा प्रकाश घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
भेलामा विवेकशील साझा पार्टी अर्घाखाँचीका सम्पर्क व्यक्ति हरि प्रसाद भुसालले सुसंस्कृत राजनीतिक संस्कार विकास गर्नको लागि बैकल्पिक शक्ति निर्माण अपरिहार्य बनेको बताउनुभएको थियो ।