सोमवार, माघ ५, २०७७

बराह बचत तथा ऋण सहकारी ठाडाको १८औं साधारणसभा तथा ९औ अधिवेशन सम्पन्न

सचिन बोहोरा, शितगंगा । 
श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिवेशन सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ३ ठाडा स्थित उक्त सहकारीले अाफ्नाे १८ औं साधारणसभा तथा ९ औ अधिबेशन एक अाैपचारीक कार्यक्रमका बिच ठाडामा अाज शनिबार सम्पन्न गरेकाे हाे ।
२०५८ साल मा २५ जना सेयर सदस्य बाट सुरु भएको सस्था अहिले ४७७ जना रहेका छन । कार्यक्रम अध्यक्ष मधु अधिकारिको अध्यक्षयता र जेष्ठ  सदस्य दण्डपानी बेल्बासेको प्रमुख आतिथ्य र सचिब कृष्ण अधिकारी को संचालन मा सप्पन्न भएको थियो ।
संस्थामा कुल १ करोड ५६ लाख ७६ हजार २ सय १६ को आय ब्यय बिबरण सहित लेखा  परिक्षण प्रतिबेदन  सस्थाकी ब्यबस्थापक धना अधिकारिले प्रस्तुत गर्नुभएको थियो।
संस्थाले  देबिकला बोहोरा , दमन्ता नेपाली र यमलाल पौडेक लाई असम बचत कर्ताको रुममा सम्मान गरेको थियो ।
साधारण सभा ले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्षमा मधु अधिकारी, उपाध्यक्षमा सरिता रास्कोटी, काेषाधक्ष्यमा पोमा पौडेल, सचिबमा कृष्ण अधिकारी, सदस्यहरूमा सचिन बोहोरा, तुल्सिराम पौडेल, सरस्वती सारु, भारती क्षेत्री, भुवानन्द भुसाल, रमेश बेल्वासे र यमलाल पौडेल रहेका छन् ।