शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अरनिको बचत तथा ऋण सहकारी संस्थाको ११औँ बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अरनिको बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार केसीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भएको छ । सहकारीले कृषी, उद्योग र व्यवसाय तिर लगानी बढाउनु पर्नेमा प्रदेश सदस्य केसीले जोड दिनु भएको हो ।

संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । अध्यक्ष क्षेत्रीले आगामी बर्षका लागी नियमित बचत व्याजमा ५ प्रतिशत,बाल बचत व्याजमा ४ प्रतिशत, दैनिक बचत ३ प्रतिशत र ऐच्छिक बचत ३ प्रतिशत व्याजदर कायम गर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज न्यौपानेले संस्थाको बार्षिक आयव्याव प्रस्तुत गर्नु भएको थियो । संस्थाले आर्थिक बर्ष ०७६/०७७ मा १० करोड ५५ लाख बढिको कारोबार गरेको न्यौपानेले बताउनु भयो । संस्थाको कुल नाफा २३ लाख ९४ हजार रहेको र संस्थाको भवन निर्माणका लागी ८७ लाख ९१ हजार ८ सय ७६ रुपैया विनियोजित गरेको उल्लेख गर्नु भयो ।

संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका साँसद अर्जुन कुमार केसी वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, संस्थाका पूर्व अध्यक्ष शरद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव द्रोण प्रसाद अधिकारीले गर्नु भएको थियो ।